विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।
संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सकिएको छ । कार्कीले आफ्नो दल कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् ।
माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले भने कांग्रेससहित चार दलका नेताहरुको हस्ताक्षर लगेका थिए । दुवैको दाबी परेपछि प्रदेश प्रमुख परशुराम खापुङ थप छलफल गरेर मात्र निर्णय गर्ने मनस्थितिमा देखिएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ