सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १७ बैशाख २०८३ / Thursday, 30 April 2026

कोशीका विषयमा छलफल गर्न देउवाले बोलाए उपसभापति र महामन्त्री

प्रकाशित समय: सोमवार, ०२ : २२ बजे आश्विन २९ गते



कोशीका विषयमा छलफल गर्न देउवाले बोलाए उपसभापति र महामन्त्री

काठमाडौं, २९ असोज । कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुको बैठक बोलाएका छन् ।

 

सभापति देउवाले आफ्नो निजी निवास धुम्बाराहीमा सोमबार अपरान्ह ४ बजे बस्नेगरी बैठक बस्नेगरी बोलाएका हुन् । विशेषगरी बैठकमा कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सभापति देउवाले बैठक राखेका हुन् ।

 

सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीलाई छुट्याउने निर्णय गरेपछि नेता डा.शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेको थियो ।कोइराला निकट केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्री बनेका छन् ।