सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १७ बैशाख २०८३ / Thursday, 30 April 2026

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत दिने

प्रकाशित समय: सोमवार, ०४ : ३० बजे आश्विन २९ गते



कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत दिने

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । आउँदो बुधबार प्रदेश सभामा उनले राख्ने विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्ने माओवादी केन्द्रले निर्णय गरेको हो ।

 

सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, यसअघि पार्टी केन्द्रीय कमिटीको सहमति लिने निर्णय गरेको छ ।

 

गत शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।