काठमाडौं । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो।
यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज पठाएर २५४ नेपालीहरुलाई स्वदेश ल्याएको थियो ।
परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् थप १९ नेपालीको उद्धार गरिएको जानकारी दिए। ‘१९ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ उनले भने ।
मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए ।
यी हुन् उद्धार गरिएका नेपाली नागरिकहरु
१. नन्दसिंह भुल
२. सुजेन्द्र खड्का
३. प्रतिभा रौनियार
४. अनुमा डंगोल
५. हिना खाँण
६. आतिस गुरुङ
७. जुनु गुरुङ
८. मौसमी पाख्रिन
९. प्रतिमा तिम्सिना
१०. राजकुमार मानन्धर
११. संगीता दुलाल
१२. उर्मिला रावल
१३. ममता थापा
१४. दिलकुमारी अधिकारी कार्की
१५. निश्चल श्रेष्ठ
१६. समिता बस्नेत
१७. अम्बिका सुवेदी
१८. सरिता गुरुङ
१९. उर्मिला श्रेष्ठ
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ