काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस आउँदो कात्तिक १२ गते नेपाल आउने भएका छन् । उनी चार दिनका लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि, उनी यही असोज २६ गते नेपाल भ्रमणमा आउने कार्यक्रम थियो तर इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच युद्ध चर्किएपछि गुटेर्रेसले असोज २३ गते नेपाल भ्रमण स्थगित गरेका थिए ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला गुटेर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
नेपालको शान्ति प्रक्रियालाई राष्ट्रसंघ महासचिवले बढी चासो दिएका छन् । नेपाल भ्रमणका बेला उनले नेपालको शान्ति प्रक्रियाका अलावा जलवायु परिवर्तनका असर र अतिकम विकसित राष्ट्रको हैसियतले नेपालले राखेका अपेक्षाका विषयमा छलफल गर्ने जनाइएको छ ।
नेपाल भ्रमणका बेला उनी पोखरा र लुम्बिनी जाने कार्यक्रम छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ