विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल सकिएको बताएका छन् ।
बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै उनले कांग्रेसका ८ भाइ सांसदहरूले मुख्यमन्त्री बन्न झगडा गरेको बताए । मुख्यमन्त्री बन्न झगडा गरेर कुण्ठा पोखेको र युद्धमा गएको भन्दै उनले युद्ध जितेर घर आएकाले गला मिलाएको टिप्पणी गरे ।
थापाले भने, ‘युद्धमा गएका साथीहरू जितेर माला लाएर फर्किसक्नु भो त्यसैले हामीले गलामात्र नभएर गाला पनि मिलाइ सक्यौं ।’
उनले गाला जोडाउने कला एमालेसँग सिकेको बताए । एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेकाले अब सबै मिलेर प्रदेशलाई प्रगतिको बाटोमा लैजानुपर्ने उनको भनाइ छ । एमालेभित्र द्वन्द्व, झगडा भए पनि आवश्यक पर्दा मिल्ने प्रवृत्ति देखिएको भन्दै अहिले कांग्रेसले पनि एमालेबाट पाठ सिकेको बताएका हुन् ।
उनले अब मुख्यमन्त्री कार्कीलाई सम्मानका साथ विश्वासको मत दिने पनि बताए ।
नेता थापाले मुख्यमन्त्रीलाई समर्थन गर्ने एमालेलाई आफ्नो समर्थन कायम राखिराख्न आग्रह गरे । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रबाट जे निर्देशन भए पनि प्रदेशमा आपसमा मिलेर जाने प्रतिवद्धता गरेको भन्दै उनले भने, ‘त्यो लागू होस् शुभकामना दिन चाहन्छु ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ