सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

त्रिदेशीय टी-२० सिरिजमा आज हङकङसँग खेल्दै नेपाल

प्रकाशित समय: बिहिवार, ०८ : ५६ बजे कार्तिक २ गते



त्रिदेशीय टी-२० सिरिजमा आज हङकङसँग खेल्दै नेपाल

काठमाडौं।त्रिदेशीय टी-२० सिरिजमा आज नेपाल र हङकङबीचको खेल हुँदै छ।मुलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजेदेखि खेल सुरू हुनेछ।

 

नेपालले हिजो मात्रै युएईमाथि ७ विकेटको सहज जित निकाल्दै सिरिजमा सुखद सुरूवात गरेको छ।टी-२० को १६ औं वरीयतामा रहेको नेपाल र २१ औं वरीयतामा रहेको हङकङले अहिलेसम्म पाँच वटा टी-२० खेलेको छ। जसमा नेपाल २ र हङकङ तीन खेलमा विजयी भएको छ।आजको खेलमा नेपाललाई घरेलु मैदान र घरेलु दर्शकको समर्थन रहनेछ।

 

नेपाली टिममा कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल छन्।

 

एसिया कपकम टेस्ट मान्यता प्राप्त देशहरूसँग खेलेपछि नेपालको क्रिकेट अझै सुधारिएको छ।सिरिजको अर्को खेल नेपालले हङकङसँगै कात्तिक ४ गते खेल्नेछ।