सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

हङकङमाथि नेपालको शानदार जित

प्रकाशित समय: बिहिवार, ०३ : ३६ बजे कार्तिक २ गते



हङकङमाथि नेपालको शानदार जित

काठमाडौं । नेपालले त्रिकोणात्मक श्रृंखलामा लगातार दोस्रो जित निकाल्ने क्रममा हङकङविरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।

 

बिहीबार मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे ।

 

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो ।

 

उसको सुरुवात नै निकै खराब रह्यो । १४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ । दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए ।

 

हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २/२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।