सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

प्रकाशित समय: शुक्रवार, ०८ : २६ बजे कार्तिक ३ गते



आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । देवीका मन्दिरहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ ।

 

काठमाडौं उपत्यकाका भद्रकाली, नक्शाल, मैतीदेवी, दक्षिणकाली, गुह्यश्वरी लगायतका शक्तिपीठहरुमा लामबद्ध भएर पूजा गरिरहेका छन् । मन्दिर नजानेहरू आफ्नै दशैं घर वा पूजा कोठामा देवीको पूजा आराधना गर्दछन् ।

 

धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्रीका अनुसार कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएकाे धार्मिक वचन छ । कात्यायनीको उपासनाबाट रोग, शोक, सन्ताप, भय आदि नष्ट हुने धार्मिक विश्वास रहेको छ ।