सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

एनआरएन अध्यक्षमा डा. बद्री केसी निर्वाचित

प्रकाशित समय: शुक्रवार, ०८ : २८ बजे कार्तिक ३ गते



एनआरएन अध्यक्षमा डा. बद्री केसी निर्वाचित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका छन् ।

 

काठमाडौं सोल्टी होटमा आयोजित ११औं विश्व सम्मेलनअन्तर्गत बिहीबारको प्रत्यक्ष तथा अनलाइन मतदानबाट अन्य दुई प्रतिस्पर्धीलाई हराउँदै केसीले जित हात पारेका हुन् ।निर्वाचन समितिका अनुसार केसी १३७८ भोट ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी आरके शर्मा र महेश श्रेष्ठ पराजित भए । शर्माले १२८१, श्रेष्ठले १२२५ मत प्राप्त गरेका छन् ।

 

डा. केसी एमालेनिकट हुन् । निवर्तमान तीन अध्यक्षमध्ये केसी कार्यकारी अधिकारयुक्त थिए । एमालेनिकट प्रवासी नेपाली मञ्चले उनलाई अघि सारेको हो । केसीले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएनए डेभलपमेन्ट फन्ड तथा गैरआवासीय नेपालीको हक-अधिकारलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए ।