काठमाडौं । बडादसैंको टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर २ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको हो ।
विजया दशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत छ । देवी विसर्जन गरि मान्यजनको हातबाट देवीको प्रसादका रुपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
टीका लगाइ दिनेले पूर्वमोहडा गर्ने र लगाउनेले पश्चिम फर्केर लगाउँदा उत्तम हुने समितिको भनाइ छ । यसरी टीका लगाउँदा सुख शान्ति र समृद्धि हासिल हुने विश्वास गरिन्छ । उत्तम साइतमा टीका लगाउन नपाउनेहरुका लागि देवी विसर्जनको साइत सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर बाधा नहुने र जुनसुकै बेला पनि टीका ग्रहण गर्न सकिने समितिले जनाएको छ ।
राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका तथा प्रसाद थाप्नुपर्ने मान्यता छ । टीका देवीको प्रसादका रुपमा कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने समितिले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ