हेटौँडा,प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले योजनाको मापदण्ड बनाउनुपर्ने धारणा राख्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम र बजेटको अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री पौडेलले सरकारले योजना बैंक बनाउन लागेकाले मापदण्डसहितका योजनालाई बैंकमा राख्नुपर्ने बताउनुभयो ।
आगामी आवका लागि अग्रिम तयारी गर्नसमेत उहाँले सबै मन्त्रालयलाई आग्रह गर्नुभयो । पौडेलले बजेट विनियोजन गरिसकेका योजना सम्पन्न गराउन मन्त्रालयले सहजीकरण गर्नुपर्ने बताउनुभयो । काम नरोकिने गरी समस्याको सहजीकरण गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा प्रदेशका सबै मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग तथा प्रदेशका विभिन्न आयोजनाले आफूले सम्पन्न गरेका कार्य, सञ्चालित आयोजना कार्यसम्पादनमा देखिएका बाधा–अड्चनसमेतको कार्यपत्रहरु प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमा व्यापक छलफल तथा बाधा–अड्चनहरु समाधानका उपायको सम्बन्धमा समेत अनुभव आदानप्रदान भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलिया, नीति तथा योजना आयोगका उपाध्याक्ष डा खिमलाल देवकोटा, सदस्य श्याम बस्नेत, प्रमुख सचिव आनन्दराज ढकाललगायत मन्त्रालयका सचिव तथा कर्मचारीको सहभागिता रहेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ