सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

राष्ट्र संघीय महासचिवको भ्रमणः लुम्बिनी पुग्नेदेखि संसदमा सम्बोधन गर्नेसम्म

प्रकाशित समय: आइतवार, ०९ : २४ बजे कार्तिक १२ गते



राष्ट्र संघीय महासचिवको भ्रमणः लुम्बिनी पुग्नेदेखि संसदमा सम्बोधन गर्नेसम्म

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भएका छन् । नेपालको चार दिने औपचारिक भ्रमणका गए राती आएका महासचिव गुटेरेसले संघीय संसदलाई सम्बोधन गर्नेसम्मको कार्यक्रम रहेको छ ।

गए राती १ बजे नेपाल आईपुगेका महासचिव गुटेरेसले आफनो भ्रमणको पहिलो दिनमा नै अर्थात आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासस्थित राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबारमा भेटबार्ता गर्नेछन् ।
 

थप औपचारिक भेटबार्ता र संबाद सम्पन्न गरेपछि महासचिव गुटेरेस पाटन दरबार क्षेत्रको पनि अवलोकनमा निस्कने छन्, आज उनै महासचिव गुटेरेसको सम्मानमा प्रधानमन्त्री प्रचण्डले आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी जनाउने छन् । 

परराष्ट्र मन्त्रालयकाअनुसार आफनो चार दिने भ्रमणका क्रममा महासचिव गुटेरेस सोमबार भने सगरमाथाको अवलोकन गर्न नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर पछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा निस्कने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । साथै, मङ्गलबारको कार्यसुची अनुसार अपराह्न ४ः०० बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले यसअघि नै जनाईसकेको छ ।