काठमाडौँ, १२ कात्तिक । उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुग्नुभएको छ । उहाँले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्ने कार्यसूची रहेको छ ।
सुरुमा परराष्ट्रमन्त्री साउदसँग भेटघाटका लागि परराष्ट्र मन्त्रालय पुग्नुभएका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गर्नुभयो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज भेटवार्ताका लागि तय भएको पूर्व निर्धारित कार्यक्रम भने पर्सि मङ्गलबारका लागि सरेको जनाइएको छ ।
त्यस्तै, गुटेरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नु हुनेछ । नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस आजै नेपाल आउनुभएको हो ।रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ