लन्डन । अर्थमन्त्री डा. प्रकाशशरण महत सोमबार नेपाली राजदूतावास लण्डनले आयोजना गर्ने एक उच्चस्तरिय लगानी सम्मेलनमा सहभागी हुन बेलायत आएका छन् । सम्मेलनमा डा. महतले नेपालमा लगानीका सम्भावित क्षेत्रका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने बताए । उनले सम्मेलन नेपालमा लगानी भित्र्याउन सम्मेलन फलदायी हुने बताएका छन् । डा. महत लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए । मन्त्री डा. महत सहित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल समेत बेलायत आएका छन् ।
ढकालले लण्डन विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्दै लगानी सम्मेलनले नेपालमा लगानी प्रर्वधन गर्न महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे । उनले नेपालमा हाइड्रोपावर, पर्यटन लगायतका क्षेत्रमा बेलायती लगानीकर्ताहरुलाई आर्कषण गर्न सकिने बताए ।
मन्त्री डा. महतले बेलायतस्थित लगानीकर्ताका अतिरिक्त बेलायती उच्च सरकारी अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रमतय भएको छ । मन्त्रीको स्वागतमा बेलायतस्थित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको विमानस्थलमा बाक्लो उपस्थिति थियो । उनी नोभेम्वर १ तारिख नेपाल फर्किने कार्यक्रम तय भएको नेपाली जनसम्पर्क बेलायतका सभापति युवराज गुरुङले जानकारी दिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ