काठमाडौं । नेपाल र मलेसियाबिचमा आज प्रतिस्पर्धा हुदैँछ । आइसिसी टि-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो । सो खेल दिउँसो १ः १५ बजेवाट सुरु हुनेछ । समुह एकका सबै खेल त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा हुनेछ ।
पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो । नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।
आजको पहिलो खेलमा टियु क्रिकेट मैदानमा बिहान ९ बजे सिंगापुर र ओमान खेल्नेछन् । उता मुलपानीको पहिलो खेलमा हङकङले बहराइनसँग खेल्नेछ । मुलपानीमा दोस्रो खेलमा कुवेत र युएई भिड्नेछन् ।
आजको खेलमा नेपाल, ओमान, युएई र हङकङ विजयी भएमा सबै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउनेछन् । अन्यथा अन्तिम खेलको नतिजा पर्खनु पर्नेहुन्छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ