सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

प्रकाशित समय: मगलवार, ०३ : २५ बजे कार्तिक १४ गते



मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

काठमाडौं । टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो ।

 

मलेसायका लागि प्रारम्भिक ब्याट्सम्यान सेयद अजिजले ६८ रन बनाए । अर्का ओपनर जुबाईदी जुल्कीफिलले २४ रन बनाए । कप्तान अहमद फैज ३ रन जोडेपछि रन आउट भए । विरनदिप सिंहले पनि ४ रन मात्र बनाउन सके ।

 

नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले एक/एक विकेट लिए ।मलेसियाले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेको थियो भने सुरुको ६ ओभरमा एक विकेट गुमाएर ६० रन जोडेको थियो ।

 

त्यसपछि १३.५ ओभरमा ११९-३ को स्थितीमा रहेको मलेसिया विशाल योगफलतर्फ देखिएको थियो । तर सोही ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेलले सार्भिन मुनाइन्दीलाई आउट गरेपछि मलेसिया लगातार विकेट गुमाएर दबाबमा आएको थियो ।

 

रोहितले त्यस ओभरमा १५ रन खर्चिएपछि मुनाइन्दीलाई आउट गरेका थिए । १५ औँ ओभरको चौथो बलमा लयमा रहेका अजिजलाई गुल्सनले आउट गरे। त्यसपछि मलेसियाको रन गति केही सुस्त बनेको थियो ।