लन्डन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली डायसफोराले नेपालप्रति प्रेम देखाउने अहिले उपयुक्त समय भएको बताएका छन् । नेपाली दूतावास लन्डनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘नेपाली डायसफोराले नेपालमा लगानी गरेर वास्तविक माया देखाउने बेला आएको छ । तपाईंहरुसँग जे क्षमता छ, त्यो क्षमता उपयोग गरेर नेपालप्रतिको प्रेम देखाउने अहिले उपयुक्त समय हो ।’
दुई पक्षीय, बहुपक्षीय सहयोगले मात्र नेपालको विकास सम्भव छैन । संस्थागत निजी क्षेत्रको लगानीको आवश्यकता छ, मन्त्री डा. महतले भने, ‘नेपालीको धेरै ठूलो संख्या विश्वभर फैलिएको छ । विदेशमा नेपालीको दोस्रो पुस्ता हुर्किदैछ । सिप, ज्ञान र पूँजीको हिसाबले नेपाली डायसफोराले आफ्नो अस्तित्व बनाउँदैछ ।’
अर्थमन्त्री डा. महतले भने ‘बेलायतमा नेपाली मूलका ब्रिटिस नागरिकता भएका अथवा नभएका ठूलो संख्यामा हुनुहुन्छ तपाईंहरुको पनि लगानी नेपालमा होस् । विश्वभरि छरिएर रहेका नेपालीहरुले हाइड्रो, होटललगायत अन्य क्षेत्रमा नेपालमा लगानी भइरहेको छ ।’ मध्यपूर्वका नेपालीहरुले सिकेको सिप र ल्याएको पूँजी नेपालमा उपयोग गरिरहेका छन् । उनीहरुको विशेष रुचि एग्रो बिजनेशमा देखिन्छ ।
नेपालको आर्थिक विकासमा एग्रो बिजनेशको ठूलो सम्भावना रहेको मन्त्री डा. महतले बताए । कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख तथा प्रवक्ता रोशन खनालले शुभकामना मन्तव्य दिएकी थिइन् । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, पत्रकार, बेलायती सांसद लगायत बेलायतस्थित गैरआवासीय नेपालीहरुको उपस्थिति थियो । मन्त्री डा. महतले मंगलबार लण्डनमा आयोजना हुने नेपालमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी बुधवार नेपाल फर्किने तयारीमा छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ