बिराटनगर ।विराटनगर । नेकपा एमालेले काेशी प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिने तर, विश्वासको मत कायमै राख्ने निर्णय गरेकाे छ ।
एमाले काेशी प्रदेश संसदीय दलकाे आज बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलले दिएकाे समर्थन फिर्ता लिएपनि विश्वासको मत कायमै रहेकाे बताए ।
मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए ।सोमबार कार्यसूचीमा रहेको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने र संसदको प्रमुख प्रतिपक्षमा बस्ने प्रमुख सचेतक भण्डारीले जानकारी दिए ।
यस्तै एमालेले कर्णालीका भुकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरि राहत सहयाेग गर्ने, दूधकाे बजार व्यवस्थापन गर्न माग गर्नेलगायतकाे निर्णय गरेकाे भण्डारीले बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ