काभ्रेपलाञ्चोक, बनेपा नगरपालिकाले आफ्नै नाममा रहेको दुई रोपनी जग्गा इलाका प्रहरी कार्यालय बनेपालाई प्रदान गरेको छ ।
लामो समयदेखि जग्गा अभावका कारण कार्यालय सञ्चालनमा कठिनाइ भोग्दै आएको इप्रका बनेपालाई वडा नं ८ स्थित दक्षुटोलमा रहेको रु तीन करोडभन्दा बढी मूल्यको जग्गा नगरपालिकाले उपलब्ध गराएको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताउनुभयो । एक हजार १७ वर्गमिटर रहेको उक्त जग्गा दानपत्रको लिखत गरी इप्रका बनेपाका नाममा हस्तान्तरण गरिएको छ ।
जग्गा उपलब्ध भएसँगै इप्रकालाई सुविधासम्पन्न भवन निर्माणको बाटो खुलेको प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । “जग्गा प्राप्तिपछि प्रहरी निरीक्षक तहको दरबन्दीबाट थप गरी प्रहरी नायब उपरीक्षक रहने गरी व्यवस्थापन गर्न सजिलो भएको छ,” उहाँले भन्नुभयो ।
जनसङ्ख्या र भौगोलिक अवस्थाका आधारमा इप्रका बनेपालाई स्तरोन्नति गर्न जिल्ला सुरक्षा समितिले गृहमन्त्रालयमा सिफारिश पठाएको छ । सम्झौतापत्रमा इप्रका बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराई र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले हस्ताक्षर गर्नुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ