सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक 

प्रकाशित समय: मगलवार, ०९ : २१ बजे कार्तिक २१ गते



प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक डाकेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माकाअनुसार आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक डाकिएकाे हाे । 

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।