काठमाडौँ।स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्न कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभएको छ ।
मंगलबार काठमाडौंमा २०७९र/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नहुँदा धेरै समस्या आएको भन्दै अव कसैले विरोध गरेर वा सुतेर संशोधन नरोकिने स्पष्ट पार्नुभएको हो ।
निश्चित समूहले संशोधन रोक्न खोजे अव सम्भव नरहेको उहाको भनाइ छ । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा दरवन्दी बढ्न नसकेकाले चिकित्सकको अभाव देखिएको अवस्थालाई सरकारले गम्भीर रुपमा लिएको जिकिर गर्नुभयो । उहाले स्वास्थ्य क्षेत्रको पूर्वाधारहरु अघि बढाउन खोज्ला बजेटको समस्या देखिएको गुनासो गर्नुभयो ।
त्यस्तै उहाले जाजरकोट भूकम्पपछि घाइतको उपचारमा कुनै कमी हुन नदिएको भन्दै अवको ध्यान राहत र पुनस्र्थापनामा हुने बताउनुभयो । प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठी तीन दिन सम्म चल्ने बागमति प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ