काठमाडौँ । मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ । अघिल्लो दिन २१ अंकमाथिले बढेको नेप्से सूचक मंगलबार थप ११.२२ अंकले बढ्दै १८ सय ५८.७६ अंकमा उक्लिन पुगेको हो ।
यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.४६ अंकले बढ्दै ३५८.१९ अंकमा उक्लिएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले जनाएको छ । त्यस्तै निर्जीवन बीमा समूह अरु १२ वटा उपसूचक धनात्मक भएका छन् । निर्जीवन बीमा समूहको उपसूचक भने आज ०.१८ प्रतिशतले घटेको छ ।
११ अंकले नेप्से सूचक बढेको यस दिन झन्डै अर्ब रुपैयाँ (९९ करोड ६५ लाख ८६ हजार) बराबरको कारोबार भएको छ । आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.१६ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२६ प्रतिशतले घट्न पुगेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ