काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दाको बिहीबार हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको छ ।
टीकापुर घटनामा दोषी सावित भई जेल सजाय भुक्तान गरिरहेका उनले गत १५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका थिए । रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दाको बिहीबार हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको हो ।
टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कडायतले चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा गत जेठ १६ गते परेको रिटमा कडायतले राष्ट्रपतिको निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन आदेशको माग गरेकी थिइन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ