काठमाडौं ।क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले बहस नोट पेश गर्ने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ सम्म बहस नोट माग्न आदेश गरेका हुन् । त्यस्तै मंसिर २४ गतेलाई अर्को पेसी तोकिएको छ ।
बहसलाई छोट्याउन न्यायाधीशले बहस नोट माग्ने गर्छन् ।सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन ।२०७९ कात्तिकमा दर्ता भएको मुद्दाको फैसला सुनुवाइ पेसी विभिन्न बहानामा पटक-पटक सर्दै आइरहेको थियो । त्यस्तै जिल्ला अदालतमा न्यायाधीश अभावमा पेशी चढे पनि स्थगित भएको थियो ।
गत वर्ष क्रिकेटर सन्दीप लामिछानेविरुद्ध एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । सो मुद्दामा पटक पटक सुनुवाइ र अदालतबाट विभिन्न कागजात झिकाउने आदेश भइसकेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ