काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज भारत र न्युजिल्याण्डबिच हुँदैछ । चार वर्ष चार महिना पाँच दिन अघि यिनै दुई टिम एक दिवसीय विश्वकप क्रिकेटको अघिल्लो संस्करणमा सेमिफाइनलमै प्रतिस्पर्धा गरेका थिए, जसमा न्युजिल्याण्डले भारतलाई पराजित गरेको थियो ।
भारतका लागि अघिल्लो विश्वकपमा बेहोरेको हारको बदला लिने अवसरका रुपमा यो म्याचलाई हेरिएको छ भने न्युजिल्याण्डका लागि आइसीसी टुर्नामेन्ट अन्तर्गत नकआउट चरणका म्याचमा भारतमाथिको दबदबालाई निरन्तरता दिने अवसरका रुपमा हेरिएको छ ।
न्युजिल्याण्डसँग भारत सन् २०१९ को विश्वकप सेमिफाइनलमा मात्र होइन, २०२१ मा सम्पन्न आइसीसी वर्ल्ड टेस्ट च्याम्पियनसीपको फाइनलमा पनि पराजित भएको थियो ।
अघिल्लो विश्वकपमा जस्तै यस पटक पनि भारत अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो भने न्युजिल्याण्ड चौथो पोजिसनमा रहँदै सेमिफाइनल यात्रा पक्का गरेको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ