रसुवा, यही माघ ८ गतेदेखिको भारी हिमपातका कारण धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड जाने पदमार्ग बन्द भएको छ ।
चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाका अनुसार हिमपातले चोलाङपाटीभन्दा माथि पैदलमार्गमा करीब डेडफिट हिउँ जमेकाले सो मार्गको आवतजावत बन्द भएको हो । पहिलापहिला विशेष धार्मिक पर्वमा मात्र आउने तीर्थयात्रु विसं २०७२ को भूकम्पपश्चात् बारै महीना निरन्तर आउन थालेका थिए ।
यात्रु तथा पर्यटकका रूपमा मानिसको चहलपहल बढिरहेको बेला हिमपातले गोसाइँकुण्ड जाने मानिस अहिले लौरीविनायकको फेद चोलाङपाटी बाटै फर्किन थालेको सो धार्मिक मार्गका पर्यटन व्यवसायीले बताएका छन् ।
गणेशगौडाबाट पूर्वतर्फ जाने मार्ग अप्ठयारो भिर भएकाले हिमपातले पैदल मार्ग ठम्याउन मुस्किल पर्ने र अर्काे तर्फ भिरको बाटो जोखिम बढ्ने भएकाले पैदलयात्रु चोलाङपाटी बाटै हिउँको आकर्षणबाट मोहित भएर फर्कने गरेको व्यवसायीको भनाइ छ ।
दैनिकरूपमा सरदर १५÷२० जनाले धार्मिक मार्गमा ओहोरदोहोर गर्ने गरेको बताइएको छ । हिमपात शुरू भएदेखि नै गोसाइँकुण्ड, लौरीविनायक तथा चोलाङपाटीका पर्यटकीय होटलका व्यवसायी बेँसीतर्फ झरिसकेका छन् ।
हिउँ पग्लिँनासाथ एक ÷ डेढ हप्तामा सबै होटलका मालिक यात्रुको बास र भोजनको व्यवस्था मिलाउन गोसाइँकुण्ड पुगी आफ्नो पेशालाई निरन्तरता दिने व्यवसायी लामाले जानकारी दिनुभयो
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ