काठमाडौँ । हङकङमा सुरु भएको ४ राष्ट्र सम्मिलित महिला टि२० आई सिरिजमा बुधबार पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको छ । तान्जानियाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रनमा अलआउट भयो । नेपाल १६.५ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा समेटिएको थियो । टस जितेर ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । सिताले नवौं विकेटका लागि डेब्यू गरेकी इश्वरी विष्टसँग ३२ रनको साझेदारी गरेपनि नेपालको हार टरेन । सिताले ३१ बलमा ४ छक्का प्रहार गरेकी थिइन् ।
कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १५ रन बनाइन् भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । विन्दु रावल, सम्झना खड्का, पूर्व कप्तान रुविना क्षेत्री, खुसी डंगोलले खाता खोल्न सकेनन् । काजल श्रेष्ठले ९, संगिता राईले ४, इश्वरी र ओपनर पूजा महतोले समान ३ र अस्मिना कर्माचार्यले २ रन बनाइन् ।
तान्जानियाका लागि सोफिया जोरेमीले सिताको सहित ३ विकेट लिइन् । निमा पिइसले २ तथा प्रिसी जाकायो, एमवालाभुवा उसान्गा र इशा मोहमदले समान १ विकेट लिए । त्यसअघि हुड्डा ओमरीले २५ र इशाले २१ रन बनाएकी थिइन् । नेपालका संगिता राईले २, पुजा, रुविना र इन्दुले समान १ विकेट लिएका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ