सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

हङकङसँग नेपालको लज्जास्पद हार

प्रकाशित समय: बिहिवार, ०१ : ५५ बजे कार्तिक ३० गते



हङकङसँग नेपालको लज्जास्पद हार

काठमाडौं । महिला टी ट्वान्टी चारदेशीय सिरिजमा नेपालले घरेलु टोली हङकङसँग नमिठाे हार व्यहाेरेकाे छ । आज सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले हङकङसँग ९ विकेटको लज्जास्पद हार ब्यहोरेको हो । 

नेपाल लगातार दुई खेलमा पराजित भएसँगै सिरिजबाट बाहिरिएको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा जापानसँग खेल्नेछ । पछिल्लो जितले हङकङले सिरिजको फाइनलमा तान्जानियासँगको भेट पक्का गरेको छ । 

नेपालले प्रस्तुत गरेको ५७ रनको सामान्य लक्ष्य हङकङले ९ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुँदै मात्र ५६ रन बनाउन सक्यो ।

नेपालका लागि रुबिना क्षेत्रीले २५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन निरिह रह्यो । नेपालका अन्य कुनै ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन् । ओपनरद्धय पुजा महतो ४ र सिताराना मगर ९ रनमा आउट भएको खेलमा सम्झना खड्का १ रनमा पोविलियन फर्किएका थिए । कप्तान इन्दु वर्मा र काजल श्रेष्ठ शुन्य रनमा आउट हुदाँ उपकप्तान बिन्दु रावल र कन्चन श्रेष्ठ १ रनमा र अश्मिना कर्मचार्य शुन्य रनमा पोविलियन फर्किएका थिए ।

हङकङकी इकरा सहरले सर्वाधिक ३ विकेट लिईन् । सुचिथा बेन्कटेशले २ विकेट लिएको खेलमा बेट्टी चान, मारिको हिल र केनी चानले समान एक-एक विकेट हात पारेका थिए । नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो । सिरिजको फाइनलमा स्थान बनाउन नेपाललाई हङकङविरुद्धको खेल जित्नैपर्ने थियो । पछिल्लो हारले नेपाल सिरिजबाट बाहिरिएको छ ।