काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित लप्सीफेदीमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । शुक्रबार अपरान्ह सबस्टेसन निर्माणका लागि सुरक्षा दिन पुगेको सशस्त्र प्रहरीको टोलीमाथि स्थानीयले आक्रमण गरेको प्रहरीको दाबी छ ।
स्थानीयले ढुंगामुढा गर्दा २ जना सशस्त्र प्रहरी घाइते भएका छन्। चार जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लप्सीफेदीमा विद्युत प्राधिकरणले शव स्टेसन निर्माण सुरु गर्ने निर्णय गरेको छ। तर सबै प्रक्रिया पूरा भइसकेपछि स्थानीयले अवरोध गरेपछि त्यहाँ पटक पटक विवाद हुँदै आएको छ ।
विवादकै कारण सबस्टेसन निर्माण अगाडि बढ्न नसकेपछि सशस्त्र प्रहरीको अस्थायी बेस स्थापना गरेर काम गर्ने निर्णय भइसकेको छ । सोही निर्णय अनुसार शुक्रबार सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा टोली पुगेपछि स्थानीयले ढुंगामुढा गरेका थिए ।
त्यसपछि झडप भएको हो। झडपमा केही स्थानीय कति घाइते भए भन्ने तथ्यांक आइनसकेको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए । तामाकोशीको बिजुली काठमाडौं ल्याउने र एमसीसीको प्रशारण लाइन त्यहाँ जोड्न शव स्टेसन निर्माण गर्न लागिएको हो ।
एमसीसीले निर्माण गर्ने प्रशारण लाइन त्यहाँबाट नुवाकोटको रातमाटे हुँदै नेपाल–भारत सीमानासम्म पुर्याउने र अर्को लाइन हेटौंडा लैजाने योजना छ । सोही योजना अनुसार काभ्रे जिल्लामा पर्ने भागमा टावर गाडिसकिएको छ । काभ्रेबाट काठमाडौं ल्याउन भने स्थानीयको अवरोधका काराण काम अगाडी बढ्न सकेको छैन ।
काठमाडौंतर्फ ५ वटा टावर गाड्न बाँकी छ । २०७४ सालमै स्थानीयलाई मुआब्जा वितरण गरिसकेको भएपनि अहिले शवस्टेसन अन्यत्र निर्माण गर्न स्थानीयले माग राखेपछि अवरोध भएको हो ।
पटक पटक वार्तामा पनि सहमती जुट्न नसकेपछि सुरक्षाकर्मीकाबीच काम अगाडी बढाउने निर्णय सरकारले गरिसकेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ