ललितपुर, मातृभूमि सेवक संघद्धारा स्थापित हिन्दु विद्यापीठ नेपालको भवनको पुनर्निर्माण थालिएको छ । वि सं २०७२ सालको भूकम्पले भत्काएको उक्त विद्यालयमा बस्ने नमल्निे भन्दै सरकारले रातो स्टिकर लगाएको थियो ।
उक्त विद्यालयको शिलान्यास बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरे । उनले विद्यालय निर्माणमा प्रयोग हुने सामग्री गुणस्तरीय हुनुपर्ने बताउँदै त्यस तर्फ ध्यान दिनु विद्यालय व्यवस्थापनलाई अनुरोध गरे ।
उनले मातृभूमि सेवक संघ मार्फत १२ वर्षको उमेर देखि आफू सामाजिक सेवाको क्षेत्रमा सक्रिय भएको बताए । असल नागरिक बन्नका लागि नैतिक शिक्षा अत्यावयक भएको औंल्याए । उनले नैतिक शिक्षाले सामाजिक मूल्य मान्यता स्थापित गर्न समेत सहयोग पुग्ने दाबी गरे । मातृभूमि सेवक संघ मार्फत १२ वर्षको उमेर देखि आफू सामाजिक सेवाको क्षेत्रमा सक्रिय भएको बताए ।
उनले भने, ‘ त्यतिखेर लेलेमा ठूलो पहिरो गएर धेरै घरबार बिहिन भएका थिए, त्यत्तिखेर हामीले चन्दा उठाएर मण्डी (ब्याङकेट) किनेर वितरण गरेका थिया ै।’ उनले सामाजिक सेवाको भावले नै आफूलाई जनताले रुचाएर मेयर बनाएको स्पष्ट पारे ।
हिन्दु विद्यापीठ नेपालका संस्थापक अध्यक्ष चिन्तामणि योगीले व्यक्ति निर्माण नै राष्ट्र निर्माणको आधार भएको बताए । अबको शिक्षा जीवन बाँच्न सक्ने जिविका धान्न सक्ने हुनुपर्ने स्पष्ट पारे ।
मातृभूमि सेवक संघका अध्यक्ष भरतमणि रिसालले विद्यालयको निर्माणको लागि पर्याप्त पूँजी नभएको बताउँदै सद्भाव व्यक्त गर्दै सहयोग गर्न चाहनेलाई स्वागत गर्ने बताए । पाँच तल्लाको उक्त भवन आठ आना क्षेत्रफलमा निर्माण गर्न लागिएको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ