सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

व्यवस्था उल्टाउने दुस्प्रयास गर्नेहरूले अर्को मूल्य चुकाउनुपर्छ : प्रधानमन्त्री

प्रकाशित समय: बुधवार, ०५ : २५ बजे मंसिर ६ गते



व्यवस्था उल्टाउने दुस्प्रयास गर्नेहरूले अर्को मूल्य चुकाउनुपर्छ : प्रधानमन्त्री

काठमाडाै।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने स्पष्ट पार्नुभएको छ ।

 

शङ्खधर दिवसका अवसरमा नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधनमन्त्री प्रचण्डले पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोजेको भन्दै उनीहरुको सपना कहिल्यै पूरा नहुने बताउनुभएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्ने उहाले चेतावनी दिनुभयो । उहाले व्यवस्थाका विरूद्ध षड्यन्त्र गरिरहे थप कठोर हुन बाध्य हुने समेत बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नेपाल संवत् नेपालको मौलिक संवत् भएको भन्दै यसलाई राष्ट्रिय संवतको रूपमा विकसित तुल्याउनुपर्ने धारणा राख्नुभयो ।

 

कार्यक्रममा समितिले नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री प्रचण्डलाई सम्मान गरेको थियो । सरकारले गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल संवत्का तिथि मितिलाई सम्पूर्ण सरकारी दस्तावेजमा अनिवार्यरुपमा उल्लेख गर्ने निर्णय गरेको थियो ।