काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिनुभएको थियो ।
त्यस्तै बैठकले ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा पनि स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा सुनको अवैध तस्करीबारे जाँचबुझ गठन गठन भएको आयोगको माग बमोजिम ४ जना प्राविधिक जनशक्ति थप गर्ने निर्णय गरेको छ भने प्राविधिक शिक्षाको क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले प्रदान गर्ने करिब ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
बैठकले विद्युत सुशासन आयोगको सदस्य पदमा पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ