सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

विपिन जोशीको शीघ्र रिहाइका लागि नेपालद्वारा अन्तर्राष्ट्रिय समुदायलाई पुनः अपिल

प्रकाशित समय: शुक्रवार, ०९ : ४७ बजे मंसिर ८ गते



विपिन जोशीको शीघ्र रिहाइका लागि नेपालद्वारा अन्तर्राष्ट्रिय समुदायलाई पुनः अपिल

काठमाडौं । नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीको शीघ्र रिहाइको माग गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि पुनः अपिल गरेको छ । सरकारका तर्फबाट वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले गाजामा बन्दीको रिहाइ र मानवीय सहायता सामग्री आपूर्तिका लागि मार्गप्रशस्त गर्न हमास र इजरायलबिच तत्काल युद्धविराम गर्न भएको समझदारीको स्वागत पनि गरेको छ ।

कतार, अमेरिका र इजिप्टको कूटनीतिक प्रयासमा भएको सहमतिको नेपालले सराहना गरेको छ । कतारका अनुसार इजरायल र हमासबीचको युद्धविराम आजदेखि सुरु हुँदैछ । चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाई गर्ने सहमति भएको छ । त्यसवापत् इजरायलले आफ्नो जेलमा रहेका १५० जना प्यालेस्टेनीलाई रिहा गर्नेछ । कतारको विदेश मन्त्रालयका अनुसार रिहाइ हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको छ ।