काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले फ्याकेको राजतन्त्र फर्काउने प्रयास मुर्खता बाहेक केहि नभएको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले वाक्क दिक्क भएर १५ वर्षअघि फ्याकेको राजतन्त्र फर्काउने प्रयास चेतना नभएको मुर्खता भएको टिप्पणी गर्नुभएको हो ।
राजनीतिकरुपमा, बैचारिक रुपमा, सैद्धान्तिकरुपमा कुनै हिसाबले पनि राजतन्त्र चेतनै नभएका मुर्खहरुले मात्रै मान्ने उहाको भनाइ छ । ओलीले राजतन्त्रकै कारण तत्कालिन अवस्थामा शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार क्षेत्रमा विकास हुन नसकेको धारणा राख्नुभयो । अहिले मरेको प्रेतका पछाडि केहि व्यक्ति लागिपरेको अवस्थामा युवासंघले मात्रै परिवर्तनको पक्षमा आवाज उठाएको भन्दै धन्यवाद दिनुभयो ।
त्यस्तै अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारकै कारण परिवर्तन बिरोधी सल्वलाउन थालेको आरोप लगाउनुभयो । वर्तमान सरकारको जग नै नभएका कारण सानो समूहको प्रदर्शनबाट तर्सेको उहाको भनाइ छ । जनतामा निराशा हुनु देशका लागि खतरनाक कुरा भएकाले सरकारले जनतालाई आशावादी बनाउनुपर्ने उहाको भनाइ छ । बाइट……
त्यस्तै अध्यक्ष ओलीले युवा जमातमा देखिएका निराशालाई युवाहरुले नै समाधान खोज्दै निराशा हटाउनुपर्ने बताउनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ