सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

प्रकाशित समय: शनिवार, १० : २६ बजे मंसिर ९ गते



लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ। ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ अभियान शुरु भएको हो ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलाइन्छ। सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि यससम्बन्धी विभिन्न अभियान शुरु भएको हो।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार सरकारले महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालनको निर्णय गर्नुका साथै अभियान अवधिभर सरोकारवाला निकायको समन्वयमा देशव्यापी कार्यक्रम गरिने छ।