एजेन्सी । हमासले बन्धक बनाएका मध्ये थप १३ इजरायली र ४ थाई गरी दोस्रो दिन १७ जनालाई रिहा भएका छन् । अघिल्लो दिन हमासले २४ जनालाई मुक्त गरेको थियो ।
इजराइल र हमासबीच जारी अस्थायी युद्ध विरामको दोस्रो दिनसम्म हमासले कुल ४१ जनालाई आफ्नो नियन्त्रणबाट मुक्त गरी रेडक्रसको जिम्मा लगाएको छ । चार दिने युद्ध विराम गरेका इजराइल र हमास दुबै पक्षले बन्दी साटफेर गरिरहेका छन् ।
इजराइलका तर्फबाट जेलमा रहेका ३९ जना प्यालेस्टाइनी बन्दीलाई मुक्त गरिएको इजराइलको कारागार सेवाले पुष्टि गरेको छ । हमासले रिहा गरेका बन्धक इजरायलले पठाएको सूची आधारमा मुक्त गरिएका हुन् ।
मुक्त हुनेमा बालबालिका, महिला र वृद्धवृद्धा बढी रहेका छन् । साथै एकै परिवारका दाजु बहिनी, आमा छोरी पनि परेका छन् । हमासको कब्जाबाट मुक्त भएकाहरुलाई रेडक्रसको सहायतामा इजराइल पुर्याइ सकिएको छ ।
साथै इजराइलले मुक्त गरेका प्यालेस्टाइनी बन्दीलाई पनि वेस्ट बैंकबाट परिवारको जिम्मा लगाइएको बताइएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ