सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

खोकनावासीले जग्गा पाएनन्

प्रकाशित समय: शुक्रवार, ०८ : ०४ बजे माघ १८ गते



खोकनावासीले जग्गा पाएनन्

ललितपुर,सरकारले स्वयम्भू आवास विकास योजनाअन्तर्गत खोकना आवास निर्माणका लागि लिएको जग्गा बापत दिने भनिएको जग्गा खोकनावासीले हालसम्म पाएका छैनन् ।

 

सरकारले प्रत्येक परिवारले उपभोग गरेको उक्त जग्गाबापत चार आना दिने भने तापनि हालसम्म नदिएका कारण खोकनावासीले मर्का खप्दै आएका छन् । “खोकनाका केही जनताले सरकारबाट जग्गा उपभोगको सहुलियत रकम लिए तापनि ५५ परिवारले अझै पाउन सकेका छैनन्,” ललितपुर महानगरपालिका–२१ खोकनाका वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिनुभयो ।

 

“सरकारले दिने भनिएको उक्त जग्गा पाउन नसक्नेमा खोकनाका करीब ४८ परिवार छन्”, महर्जनले भन्नुभयो, “बाँकी रहेका अन्य परिवार भने खोकना आसपास क्षेत्रका बासिन्दा पर्छन् ।”

 

सरकारले उपभोग गरेको उक्त जग्गाबापत दिने भनिएको सहुलियतको कागजी प्रक्रियामाथि सरकारसमक्ष पुग्दा पनि ध्यान नदिएको बताइएको छ ।