रुपन्देही । मंगलबार राति सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) भित्रै चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सकहरूले विहीबार इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना दिएका छन् ।
सुत्केरीको उपचारका क्रममा मृत्यु भएको विषयमा छलफल गर्ने क्रममा मेसु डाक्टर राजेन्द्र बस्यालमाथि मृतकका आफन्तले आक्रमण गरेपछि गम्भीर घाइते उनको आईसीयूमा उपचार भइरहेको छ । विहीबार आक्रमणकारीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएशन), नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान), मेलान, निजी अस्पताल (व्यवसायी संघ (अफिन), आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन स्वस्थ्य संस्थामा आवद्ध संस्थाले इप्रकामा धर्ना दिएका हुन् ।
चिकित्सकलाई हातपात गर्नेमाथि कडा कारबाही हुनुपर्ने माग उनीहरूले राखेका छन् । संघका सचिव डा. सन्तोष पोखरेलले बुधबार बसेको बैठकमा हातपात भएको चिकित्सकको विषयमा कुनै कुरा नउठेको भन्दै सार्वजनिक अपराधमा कारबाहीका लागि मुद्दा दर्ता गर्न लागेको बताए ।
।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ