काठमाडाैं । प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको । विभिन्न सार्वजनिक कार्यलयहरूको आग्रहमा ठेकेदारलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुमगन कार्यालयले जनाएको छ । ठेकेदार कम्पनीहरूलाई आजकै मितिदेखि कालोसूचीमा राखिएको सार्वजनिक सूचना जारी गरेको छ ।
समयमा काम गर्ने, गुणस्तरहीन काम गर्नेलगायतका कारणले ती कम्पनी कालोसूचीमा परेका हुन् । मोबिलाइजेसन खर्च लिने तर काम समयमा नगर्ने कारण ठेकेदार कम्पनीहरू बदनाम भइरहेका छन् । जसले गर्दा उनीहरू काम गर्न नसकेर कालोसूचीमा पर्ने गरेका छन् । यसरी कालोसूचीमा पर्नेमा सिरुवा कन्स्ट्रक्सन प्रा लि, साहनी बिल्डर्स, भारत कन्स्ट्रक्सन, मैनाचुली, सिद्धिसाई जेभि, आर डी सप्लायर्स, सुनौलो खिम्ती कन्स्ट्रक्सन, एस कन्स्ट्रक्सनलगायत रहेका छन् । यी कम्पनीहरूलाई तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो । यी कम्पनीहरूले अब तीन वर्षसम्म कुनै काम गर्न पाउने छैनन् ।

लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ