सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

एनसेलको शेयर बेच्ने निर्णय विरुद्धको रिटमा कारण देखाउ आदेश जारी

प्रकाशित समय: शुक्रवार, ०३ : ५८ बजे मंसिर १५ गते



एनसेलको शेयर बेच्ने निर्णय विरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं।एनसेलको शेयर बेच्ने आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत, पाटनले कारण देखाउ आदेश जारी गरी लिखित जवाफ मागेको छ ।

 

न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरी लिखित जवाफ मागेको हो ।एनसेलको प्रमुख हिस्सेदार मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको शेयर बिक्री गर्ने निर्णय गरेको थियो ।

 

सो निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरी लिखित जवाफ मागेको छ ।

 

साथै, इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । अन्तरिम आदेश दिने/नदिनेबारे भने दुवै पक्षको छलफल सुनेर मात्र निर्णय गर्नु उपयुक्त हुने भन्दै आउँदो मंसिर २५ गतेका लागि पेशी तोकेको छ ।