सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर

प्रकाशित समय: शुक्रवार, ०४ : २६ बजे मंसिर १५ गते



टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर

काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न उच्च अदालत, पाटनलेआदेश दिएको छ ।

 

शुक्रबार न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले सो आदेश दिएको हो ।रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।

 

प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ ।इजलासले रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

 

पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।इजलासले १० लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश भएको हो ।

 

टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ । उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।