काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेर अवैधानिक ढंगले सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानविन गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् ।
शनिबार कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनमा बोल्दै महामन्त्री थापाले संसद्मा आफ्नै पार्टीले नेतृत्व गरेर उच्च ओहोदामा बसेर अख्तियारको दुरुपयोग गरेर अकुत कमाएकाहरूको सम्पत्ति छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।‘भ्रष्टाचार गर्ने मान्छे जो सुकै होस्, दोषी छ भने उसलाई कसैले जोगाउन सक्दैन । निदोष छ भने कसैलाई केही हुँदैन । नेपाली कांग्रेसले यो बेला सबैले निर्धक्क भएर यो कुरामा विश्वास गर्ने बातावरण बनाउनुपर्छ,’ उनले भने, ‘०४६ सालपछाडि उच्च ओहोदामा बसेर जसले अवैधानिक ढंगले सम्पत्ति कमाएको छ, उसको सम्पत्ति छानविन गरौं । जसले अनियमित ढंगले सम्पत्ति कमाएको छ, उसले सम्पत्ति खोसेर कानुनको दायरामा ल्याउनुपर्छ । यसको नेतृत्व कांग्रेसले गर्ने कि नगर्ने ?’
उनले अहिले कांग्रेससहितको गठबन्धन सरकार भएको भन्दै सरकारलाई जनताको सवालमा केन्द्रीत भएर काम गर्न आग्रह गर्दै आएको बताए । ‘अहिले वडादेखि केन्द्रसम्म कांग्रेस सरकारमा छ । तर केन्द्र सरकारको नेतृत्वमा कांग्रेस छैन । हामीले प्रधानमन्त्रीलाई भेटेर पटक पटक जनजीविकाको सवालमा केन्द्रीत हुन ध्यानाकर्षण गराएका छौँ,’ उनले भने, ‘सहकारीमा समस्या छ, सरकारले अध्ययन गरेर रिपोर्ट पनि बनाएको छ, तर रिपोर्टमा दिइएको विज्ञको सुझावअनुसार काम भएको छैन । हरेक क्षेत्रमा त्यस्तै समस्याहरू छन् ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ