नयाँ दिल्ली । भारतको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले तीन प्रदेशमा जित हासिल गरेको छ । भारतीय निर्वाचन आयोगका अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा विजयी भएको हो । मध्य प्रदेशमा कुल २ सय ३० सिटमध्ये भाजपाले १ सय ६३ सिट जितेको छ । कंग्रेस-आईले भने ६५ सिट मात्र जितेको छ ।
त्यसैगरी राजस्थानमा कुल १ सय ९९ सिटमध्ये भाजपाले १ सय १५ र कंग्रेस-आईले ६९ सिट जितेको छ । छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५७ र कंग्रेस-आईले ३२ सिट जितेको छ ।
यो मत परिणामले कँग्रेस-आईलाई भने नराम्रो धक्का लागेको छ । सन् २०१८ मा भएको निर्वाचनमा यी तीन वटै क्षेत्रमा कँग्रेस-आइले जित हासिल गरेको थियो । तेलंगना राज्यमा भने कंग्रेस-आईले जित हासिल गरेको छ ।
तेलंगनामा कंग्रेस-आईले भारत राष्ट्र समिति बिआरएसको दस वर्षे सत्ता अन्त्य गरेको हो । तेलंगनामा कुल १ सय १९ सिटमध्ये कंग्रेस-आईले ६४ र बिआरएसले ३९ र भाजपाले ८ सिट मात्र जितेको छ ।
भारतमा आगामी वर्ष लोकसभा निर्वाचन हुँदैछ । विधानसभा निर्वाचनको परिणामले सत्तारुढ दल बिजेपीको लोकसभामा बलियो पकड देखाएको छ । साथै सन् २०२४ को निर्वाचनमा बिजेपीले बहुमत सहित तेस्रोपटक सरकार बनाउने सम्भावना बलियो रहेको विश्लेषकहरुले बताएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ