काठमाडौँ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई ‘मिसन ८४’ भनेको के हो भन्ने प्रश्न गरेका छन्।
अछाममा कांग्रेसले सोमबार गरेको कार्यक्रममा बोल्दै शर्माले ०८४ मा चुनाव हुने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताए। उनले जिम्मेवार राजनीतिक दलले चुनावमात्रै सोच्नु उपयुक्त नहुने तर्क गरे ।ओलीलाई लक्षित गर्दै शर्माले भने, ‘एउटा नयाँ पार्टी रवि लामिछानेजीको नेतृत्वमा संसदमा उभिएको छ, राम्रै भूमिका खेलेको छ। उसले पनि मिसन ८४ भन्दैछ। मिसन ८४ भनेको के हो? के कांग्रेसले २००७ सालमा राणाशासन ढालेर जनतालाई स्वतन्त्रता दिएकोजस्तै हो? होइन।’
‘न २००७ सालको क्रान्ति, न हिंसाबाट शान्ति’ जम्माजम्मी ०८४ मा चुनाव हुन्छ। चुनाव हुने कुन ठूलो कुरा भयो?,’ उनले प्रश्न गरे, ‘चुनाव पहिला पनि हुन्थ्यो। अब पनि हुन्छ। अब्बल विद्यार्थी त्यो होइन, जसले परीक्षाको चिन्ता गर्छ। अब्बल विद्यार्थी त्यो हो जसले पढाइको चिन्ता गर्छ। जिम्मेवार राजनीतिक दलले मस्तिष्कमा सधैं चुनाव भनेर राख्न हुन्न। चुनावको ओलीजी र लामिछानेजीलाई शुभकामना छ।’
राजनीतिक दलले एकपछि अर्को चुनावको मात्र चिन्ता गरेकोमा जनताले प्रश्न गर्नुपर्ने शर्माले बताए। उनले कांग्रेस मिसन ८४ को घोषणामा नभएको पनि बताए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ