सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

एनसेलको सेयर बिक्रीबारे तत्काल अध्ययन गर्न प्रधानमन्त्रीकाे निर्देशन

प्रकाशित समय: मगलवार, ०६ : ४५ बजे मंसिर १९ गते



एनसेलको सेयर बिक्रीबारे तत्काल अध्ययन गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत सेयर खरिद–बिक्रीको विषयमा तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

 

राजश्व विभागलगायतका निकायलाई एनसेलको सेयर खरिदको तत्काल छानबिन गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री दाहालले सोमबार एनसेलको सेयर बिक्रीबारे चासो व्यक्त गर्दै अध्ययनको निर्देशन दिएका हुन् ।

 

प्रधानमन्‍त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएको बताइएको छ ।

 

एनसेलको सेयर बिक्रीबारे संघीय संसद्को सार्वजनिक लेखा समितिले पनि चासो व्यक्त गरेको थियो ।