सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

सुन तस्करी जाँचबुझ आयोगले बयानका लागि बोलायो राहुल महरालाई

प्रकाशित समय: मगलवार, १२ : ११ बजे मंसिर १९ गते



सुन तस्करी जाँचबुझ आयोगले बयानका लागि बोलायो राहुल महरालाई

काठमाडौँ।सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ ।आयोगले केन्द्रीय कारागार जगन्नाथदेवललाई पत्राचार गर्दै महरालाई बयानका लागि उपस्थित गराइदिन म‌ंगलबार पत्राचार गरेको हो।

 

उनको र यसमा संलग्न अन्य प्रतिवादीहरूको पनि बयान लिने काम भइरहेको छ।विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका राहुल महरा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

 

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्युरोले भदौ १३ गते पक्राउ गरेको थियो। भेपमार्फत सुन तस्करी गरी ल्याएको सुन चोरी भएको घटनामा पहिलो चरणको अनुसन्धानबाट महरा बाबुछोराको कनेक्सन तस्करसँग देखिएको थियो।तर पहिलो चरणमा प्रहरीले उनीहरूमाथि अनुसन्‍धान गरेको थिएन। दोस्रो चरणको अनुसन्धानमा प्रहरीले महरालाई पक्राउ गरी मुद्दा चलाएको हो।अनुसन्धान सकेर सरकारी वकिल कार्यालयले असोज २४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। असोज २६ गते उनलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो।

 

सरकारले १४ असोजमा सुन प्रकरणको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो ।