सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

प्रकाशित समय: मगलवार, ०३ : २४ बजे मंसिर १९ गते



जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एसको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय भएको छ ।सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघ १४–१८ का लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो ।

 

प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार यही मंसिर २८ र २९ गते पुनः सचिवालय बैठक बस्ने उनले जनाए । त्यस्तै, पुस ९ गते स्थायी कमिटी, १० गते पोलिटब्यूरो र पुस ११ र १२ गते केन्द्रीय कमिटीको बैठक गर्ने पनि निर्णय भएको खतिवडाले जानकारी दिए ।

 

त्यस्तै, विधानबारे छलफलका लागि उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख बेदुराम भुसालको नेतृत्वमा कार्यदल बनाइएको उनले बताए । राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि गंगालाल तुलाधरको नेतृत्वमा समिति बनाइएको खतिवडाले जानकारी दिए ।

 

प्रचार विभाग प्रमुख खतिवडाका अनुसार केन्द्रीय महाधिवेशनभन्दा अगाडि प्रदेश र जिल्ला अधिवेशन हुनेछ ।