काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद बिक्रीमा भएको अनियमितताबारे सरकारमा सहभागी दलहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री दाहालले गठबन्धनमा आबद्ध दलका शीर्ष नेता, अर्थमन्त्री, सञ्चारमन्त्री र विभिन्न विभागीय कर्मचारीसँग छलफल गरेका हुन् ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, गृहमन्त्रीसमेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, कांग्रेस उपसभापति धनराज गुरुङ, नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगनन्नाथ खतिवडा, सञ्चारमन्त्री रेखा शर्मा, अर्थमन्त्री प्रकाशशरण महतलगायत सहभागी छन् ।
प्रधानमन्त्रीले राजश्व विभागलगायतका निकायलाई एनसेलको सेयर खरिदको तत्काल छानबिन गर्न यसअघि नै निर्देशन दिइसकेका छन् ।एनसेलको सेयर बिक्रीबारे संघीय संसद्को सार्वजनिक लेखा समितिले पनि चासो व्यक्त गरेको थियो ।
हालै मलेसियाको कम्पनी आजियाटाले एनसेलको सेयर स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनीलाई बिक्री गरेका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ