काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गंगालाल अस्पताल पुगेका छन् । प्रधानमन्त्री दाहालले उपचाररत उपप्रधानमन्त्री श्रेष्ठलाई समेत भेटेका छन् । उनले चिकित्सकहरुसँग उपप्रधानमन्त्री श्रेष्ठको उपचारका बारेमा जानकारीसमेत लिएका छन् ।
यसअघि, उपचारमा संलग्न चिकित्सकहरूले श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका थिए । हिजो अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ । यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गरिएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ